स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा ६ सय मत खस्यो
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ । निर्वाचन तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको थियो ।
त्रिविको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट विपिन विक,नेकपा एमाले अनेरास्ववियुबाट प्रकाश विष्ट,नेपाली कांग्रेस निकट नेविसंघबाट श्यामराज ओझा, विप्लव निकट अखिल क्रान्तिकारीबाट मदन केसीलगायत चुनावी मैदानमा छन्।
कूल तीन हजार चार सय ३६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा बिहान ११ बजेसम्म ६ सय मत खसेको अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदीप भट्टले अन्नपूर्णलाई जानकारी दिए । देशभरिका ६० आगिंक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरू भएको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

